दफा १३२
सवारी रोक्नु पर्ने
चालकले आफूले चलाइरहेको सवारी देहायको अवस्थामा रोकी आवश्यकतानुसार उचित समयसम्म अड्याई राख्नु पर्छः–
(क) प्रहरी वा यातायात निरीक्षकले सवारी रोक्न सङ्केत गरेमा वा आदेश दिएमा ।
(ख) कुनै जनावर झस्की वा तर्सी बेकाबु हुने संभावना भई सो जनावर तत्काल जिम्मामा रहेको व्यक्तिले सवारी रोक्न सङ्केत गरेमा वा अनुरोध गरेमा ।
(ग) सवारी दुर्घटनाग्रस्त भई कुनै मानिस, जनावर वा सम्पत्तिको हानि नोक्सानी भएकोमा ।
(घ) जेब्रा क्रसिङमा मानिस ओहर दोहर गरेको अवस्थामा वा दोबाटो वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने सङ्केत गरेकोमा ।